प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा वार्ता समिति गठन

tejnewskhabar.com

काठमाडौँ, १८ गते नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न माग राखी केही दिनदेखि असन्तुष्ट रहँदै आएका पक्षहरूसँग संवाद र वार्ता गर्न वार्ता समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उत्पन्न परिस्थितिको समाधान खोज्ने उद्देश्यले सरकारको तर्फबाट वार्ता अघि बढाउन समिति गठन गरिएको हो। गठन गरिएको समितिलाई असन्तुष्ट पक्षसँग छलफल गरी समस्याको निकास निकाल्ने जिम्मेवारी दिइएको छ।

गठित वार्ता समितिको संयोजक मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अञ्जयराज खनाल रहेका छन्। समितिका सदस्यहरू मा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल तथा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी इन्द्रराज पौडेल रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वार्ता समितिमार्फत असन्तुष्ट पक्षसँग निरन्तर संवाद गरी समस्या समाधानतर्फ पहल गरिने जनाएको छ।

प्रतिक्रिया