शीर्ष नेताबीच भेटवार्ता: देउवानिवासमा देउवा–ओली संवाद

tejnewskhabar.com

काठमाडौँ  ७ गते पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच देउवानिवास महाराजगञ्जमा भेटवार्ता भएको छ।

 :सोमबार सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालन, संसद्‌को गतिविधि तथा आपसी सहकार्यका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। भेटमा अध्यक्ष ओलीसँग एमालेका वरिष्ठ नेताहरू समेत सहभागी थिए।

दुई प्रमुख दलका शीर्ष नेताबीच भएको यस भेटलाई नियमित राजनीतिक संवादका रूपमा लिइए पनि पछिल्लो राजनीतिक समीकरण तथा राष्ट्रिय मुद्दामा केन्द्रित छलफल भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया