संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशामा केन्द्रित हुँदै नेपाली कांग्रेस पर्सा–४

tejnewskhabar.com

पर्सा १३ गते : नेपाली  कांग्रेस पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय कार्य समितिको बैठक आज मङ्गलबार सम्पन्न भएको छ। बैठकमा क्षेत्रभरिका सम्पूर्ण निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय कार्य समिति सदस्य, प्रदेश कार्य समिति सदस्य, गाउँपालिका कार्य समिति, बुथ सभापति, वडा कार्य समिति सदस्य, भातृ संघ–संगठनका प्रतिनिधि तथा अगुवा कार्यकर्ताहरूको बृहत् उपस्थिती रहेको थियो।

बैठकमा संगठनलाई अझ सुदृढ बनाउने, आगामी राजनीतिक गतिविधि, पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तथा क्षेत्रस्तरीय समसामयिक विषयहरूमा विस्तृत छलफल गरिएको थियो।

बैठकका सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री बृहस्पति श्रेष्ठले पार्टी संगठनलाई जनतासँग अझ नजिक लैजान सबै तहका नेता–कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।



प्रतिक्रिया