जनकपुरधाम, फागुन ५ गते — नेपाली कांग्रेस मधेश प्रदेश निर्वाचन प्रचार–प्रसार समितिले फागुन ६ गते जनकपुरधाममा आयोजना हुन गइरहेको ‘विशाल आम सभा’का विषयमा जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएको छ।
समितिका अनुसार पत्रकार सम्मेलन फागुन ५ गते दिउँसो २:०० बजे नेपाली कांग्रेस मधेश प्रदेश पार्टी कार्यालय, थापाचौक, जनकपुरधाममा आयोजना हुनेछ। सम्पूर्ण सञ्चारकर्मीहरूलाई उपस्थित भई सूचना प्रवाहमा सहयोग गर्न अनुरोध गरिएको छ।
निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नितेश कुमार गुप्ताले आम सभा भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्न व्यापक तयारी भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रम सफल बनाउन संगठनात्मक तयारी, जनपरिचालन तथा व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढाइएको छ।
फागुन ६ गते आयोजना हुने उक्त आम सभामा पार्टीका शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।