सिरहाका पत्रकार सन्तोष यादवका बुवाको छैटौं दिनमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वद्वारा समवेदना व्यक्त

tejnewskhabar.com

सिरहा २६ गते — सिरहाका चर्चित पत्रकार तथा औरही निवासी सन्तोष यादवका बुवाको निधनको छैटौं दिनको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले वहाँकै निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

समवेदना व्यक्त गर्न सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादव, स्काउट मधेश प्रदेशका आयुक्त दिनेश यादव, शिक्षक राजीव यादव, पत्रकार बद्रीनारायण यादव, रुनुकेश कामतीलगायत अन्य सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भनी प्रार्थना गरेका थिए। साथै, शोकसन्तप्त परिवारसँग ऐक्यबद्धता जनाउँदै आवश्यक साथ, सहानुभूति र सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया