मधेस प्रदेशसभाको सभामुख निर्वाचन पुस ६ गते

tejnewskhabar.com

जनकपुरधाम ५ गते :  मधेस प्रदेशसभामा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ। प्रदेशसभा सचिवालयले पुस ४ गते शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकाअनुसार पुस ५ गते शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने सोही दिन दिउँसो साढे ३ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

पुस ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिने सचिवालयले जनाएको छ।

प्रतिक्रिया