गौरमा करदाता सेवा कार्यालय खारेजविरुद्ध व्यापारीहरूको विरोध

tejnewskhabar.com

गौरमा करदाता सेवा कार्यालय खारेजविरुद्ध व्यापारीहरूको विरोध

रौतहट, ०४ पुस – रौतहटको सदरमुकाम गौरमा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयविरुद्ध व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन्। मिति २०८२/ ३ गते रौतहट वाणिज्य संघको आयोजनामा विभिन्न स्थानका व्यापारीहरूले सडकमा उत्रिएर निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले कार्यालय बन्द हुँदा करसम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यता र खर्च बढ्ने बताए। र्‍यालीमा “सरकारविरुद्ध कर कार्यालय सार्न पाइदैन”, “व्यापारी दिन पाउँदैन” लगायतका नाराबाजी भएको थियो। वाणिज्य संघले स्थानीय स्तरमै सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको र निर्णय फिर्ता नभए आन्दोलन बढाउने चेतावनी दिएको छ। प्रहरीले प्रदर्शन शान्तिपूर्ण भएको जनाएको छ।

प्रतिक्रिया