विशेष महाधिवेशनपछि नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज

tejnewskhabar.com

काठमाडौँ १ गते । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज ललितपुरमा बस्दैछ। बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय समितिको यो पहिलो औपचारिक बैठक आज दिउँसो आयोजना हुन लागेको हो।

बैठकमा विशेष महाधिवेशनका निर्णयहरूको कार्यान्वयन, पार्टीको भावी कार्यदिशा, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। नयाँ नेतृत्वले पार्टीलाई नयाँ दिशा दिने सन्देशसहित बैठकलाई विशेष महत्वका साथ हेरेको छ।



प्रतिक्रिया