काठमाडौं२६ — नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीभित्र देखिएका संगठनात्मक तथा विधानसम्बन्धी विषय, साथै हाल चर्चामा रहेको विशेष महाधिवेशनसम्बन्धी गतिविधिबारे गम्भीर छलफल भइरहेको छ।
बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ। बैठकले पार्टीको आधिकारिक धारणा स्पष्ट गर्ने, अनुशासन र विधानको पालना सुनिश्चित गर्ने तथा आगामी रणनीतिबारे आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।
बैठकका निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पार्टी स्रोतले जनाएको छ।
२६ पुस २०८२, शनिवार १०:५८ मा प्रकाशित