पतञ्जलि जग्गा घोटाला प्रकरण : माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

tejnewskhabar.com

काठमाडौं ।

विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका लागि दिइएको जग्गासम्बन्धी घोटाला प्रकरणमा आइतबार विशेष अदालतले साक्षी बुझ्ने प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसअघि, ११ असारमा अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

थुनछेकसम्बन्धी निर्णय भइसकेसँगै मुद्दा अब अन्तिम फैसलातर्फ अघि बढेको छ।



प्रतिक्रिया