रौतहट । नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) अन्तर्गत पिपरा बजारमा आयोजित क्रियाशील सदस्य सम्मेलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति माननीय कृष्णप्रसाद यादव रहनुभएको थियो।
सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय नागेन्द्र शाह, रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्री अनिल कुमार झा, मधेश प्रदेश सांसद तथा समानुपातिक उम्मेदवार डा. शाहजहाँ खातुन विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका सयौँ नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैगरी नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ अन्तर्गत आयोजित कार्यकर्ता भेलामा पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देब प्रसाद तिमल्सिना, गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवलगायत नेपाली कांग्रेसका नेता–कार्यकर्ताको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
स्रोतका अनुसार मुख्यमन्त्री यादव पार्टीका उम्मेदवारलाई जिताउन रौतहट जिल्लामा तीन रात–पहर निरन्तर खटिरहनुभएको छ। उहाँले दिनमा दोहोरो तथा तेहोरो कार्यक्रमसमेत भ्याइरहनु भएको बताइएको छ। यसले जिल्लामा नेपाली कांग्रेसको चुनावी अभियान थप सशक्त बन्दै गएको संकेत गरेको छ।