लहान, सिराहा १० गते पुस— मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जङ्गी लाल रायले राजकुमार शारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल, लहानमा आयोजित जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा सहभागिता जनाउनु भएको छ।
कार्यक्रममा अस्पतालको पूर्वाधार विकासका लागि प्रदान गरिएको जग्गा औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। साथै, स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्याउने दाता तथा सम्बन्धित व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
स्वास्थ्यमन्त्री रायले कार्यक्रममा बोल्दै प्रदेश सरकारले स्वास्थ्य संस्थाको स्तरोन्नति, सेवा प्रवाहको गुणस्तर सुधार र नागरिकलाई सहज तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले लहान प्रादेशिक अस्पताललाई मधेस प्रदेशकै एक महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।