जनकपुरधाममा फागुन ६ गते मधेश सभा गर्ने कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको निर्णय

tejnewskhabar.com

जनकपुर, माघ २४ —

यही फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना हुने मधेश सभाको विशेष तयारीका लागि नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ।

२०८२ साल माघ २४ गते शनिबार पार्टीको प्रदेश कार्यालय थापा चौक, जनकपुरधाममा बसेको बैठकले फागुन ६ गते जनकपुरधामस्थित तृतीय गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ।

उक्त सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभएको छ।



प्रतिक्रिया