गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए

tejnewskhabar.com

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय नेता गगनकुमार थापाबाट टीका लगाएर नेपाली कांग्रेसमा प्रवेश गरेका वडाध्यक्ष गुप्ता पुनः जनता समाजवादी पार्टी (जसपा) मै फर्किएका छन्।

केही समयअघि कांग्रेस प्रवेश गरेका गुप्ताले पार्टीभित्र अपेक्षित भूमिका र सम्मान नपाएको भन्दै पुनः जसपामा फर्किने निर्णय लिएको बताइएको छ। स्थानीय राजनीतिक वृत्तमा उनको यो निर्णयले चर्चा पाएको छ।

जसपाले गुप्ताको पुनरागमनलाई सकारात्मक रूपमा लिँदै पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ भने कांग्रेस पक्षले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छैन।

स्थानीय तहमा राजनीतिक दलहरूबीच प्रवेश–बहिर्गमनको क्रम बढ्दो क्रममा रहेको छ।

प्रतिक्रिया