नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा राष्ट्रपति पौडेल जापान प्रस्थान

tejnewskhabar.com

काठमाडौँ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू जापान प्रस्थान गर्नुभएको छ।

राष्ट्रपति पौडेलज्यूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका प्रधानमन्त्री शुशिला कार्कीले विदाइ गर्नुभएको हो। उक्त भ्रमणका क्रममा दुई मुलुकबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रपति पौडेलज्यूको यो उच्चस्तरीय भ्रमणले नेपाल र जापानबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। भ्रमण सफल रहोस् भन्ने कामनासहित शुभयात्रा व्यक्त गरिएको छ।



प्रतिक्रिया