काठमाडौँ, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट वरिष्ठ नेता तथा माननीय महन्थ ठाकुरज्यूले आज आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ।
निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयभित्र निर्वाचन कार्यालय पुगेर ठाकुरले मनोनयन दर्ता गराउनुभएको हो। उहाँको उम्मेदवारीमा प्रस्तावकका रूपमा जैनुल राइन रहनुभएको छ भने समर्थकका रूपमा रानी शर्मा तिवारी रहनुभएको छ।
जसपा, नेपालले राष्ट्रिय राजनीतिमा अनुभव, समावेशी सोच र लोकतान्त्रिक मूल्यको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा महन्थ ठाकुरलाई उम्मेदवार बनाएको जनाएको छ। आगामी निर्वाचनमा उहाँको उम्मेदवारीले मधेस केन्द्रित राजनीति तथा राष्ट्रिय सहमतिको पक्षलाई थप बल पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
२३ पुस २०८२, बुधबार ०४:२६ मा प्रकाशित