रौतहट क्षेत्र नं. ४ मा नेपाली कांग्रेसद्वारा संघीय निर्वाचन लक्षित बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

tejnewskhabar.com

रौतहट । आज मिति २०८२/१०/१५ का दिन नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ४, रौतहट को क्षेत्रीय कार्यसमितिको आयोजनामा यही फागुन २१ गते सम्पन्न हुने संघीय सांसदको आम निर्वाचनलाई लक्षित गर्दै बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम क्षेत्रीय सभापति श्री रामस्नेही राय यादव को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा निवर्तमान सांसद तथा रौतहट क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार श्री देव प्रसाद तिमल्सिना को उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा प्रदेश सभा (क) का सभापति श्री निलहरि कोइराला ज्यू, प्रदेश सभा (ख) का सभापति श्री पुनित सहनी , सभापतिहरु, निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका ३० वटै वडाका वडा सभापति, वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, वडा प्रत्यासी तथा पार्टीका विभिन्न तह र तप्कामा क्रियाशील नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

छलफल कार्यक्रममा आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन रणनीति निर्माण, संगठन सुदृढीकरण, प्रचार–प्रसार र जनसम्पर्क विस्तारका विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले एकताबद्ध भएर चुनावी अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभापति श्री रामस्नेही राय यादव ले सबै सहभागीप्रति धन्यवाद व्यक्त गर्दै पार्टीलाई जित दिलाउन सम्पूर्ण नेता–कार्यकर्तालाई जिम्मेवारीपूर्वक अघि बढ्न आह्वान गर्नुभएको थियो।



प्रतिक्रिया