काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र सम्भव सिरोहियाको जोडी पछिल्लो समय नेपालका धेरै युवायुवतीका लागि प्रेरणाको स्रोत बनेको छ। देश–विदेशमा यो क्युट जोडीका लाखौँ प्रशंसक रहेका छन्। सामाजिक सञ्जालमा उनीहरूको जोडीलाई सकारात्मक रूपमा हेर्नेको संख्या ठूलो छ।
तर, यही जोडीलाई लिएर केही व्यक्तिले भने श्रृङ्खलाले अरूलाई धोका दिएर पैसाकै कारण सम्भवसँग विवाह गरेको आरोप लगाउँदै आलोचना गर्दै आएका छन्। ती आरोपहरू सामाजिक सञ्जालमा पटक–पटक उठ्ने गरेका छन्।
यद्यपि, ती आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै श्रृङ्खला खतिवडाले आफ्नो धारणा सार्वजनिक गरेकी छन्। उनले भनिन्,
“मलाई उहाँको देश र राजनीतिप्रतिको सोच र चिन्तनले आकर्षित गर्यो। उहाँको ब्याकग्राउन्ड वा धनसम्पत्तिका कारण मन पराएको होइन।”
श्रृङ्खलाको यो अभिव्यक्तिपछि धेरैले उनको स्पष्टता र आत्मविश्वासको प्रशंसा गरेका छन्। समर्थकहरूले सम्बन्धलाई पैसासँग मात्र जोडेर हेर्नु गलत हुने भन्दै श्रृङ्खलाको भनाइलाई समर्थन जनाएका छन्।
यो जोडीको सम्बन्ध आपसी समझदारी, विचार र मूल्यमा आधारित रहेको उनीहरूको दाबी छ, जसले युवापुस्तामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ।