पूर्व प्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध उजुरी दर्ता गर्न नमिल्ने

tejnewskhabar.com

रौटाहट गौर ०७ गते । पूर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव कुमार नेपालविरुद्ध परेको उजुरी दर्ता गर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर, रौतहटले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन कार्यक्रमअनुसार तोकिएको उजुरी दिने समयावधिभित्र उजुरी दर्ता नभएकाले उक्त उजुरी दर्ता गर्न नमिल्ने ठहर गरिएको हो। कार्यालयले उजुरी दर्ता गर्ने समय मिति २०७९/१०/०७ गते बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म मात्र रहेको स्पष्ट पारेको छ।

उक्त अवधिभित्र उम्मेदवारविरुद्ध औपचारिक रूपमा उजुरी दर्ता नभएकाले पछि आएको निवेदन कानुनसम्मत नदेखिएको र त्यसलाई दर्ता गर्न नमिल्ने भन्दै निर्वाचन आयोग नेपाललाई जानकारी गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया