ईशनाथमा विकासको गति तीव्र, बन्जारहामा सडक पीसीसी ढलानको शिलान्यास

tejnewskhabar.com

रौतहट, पुस ०५ – रौतहटको ईशनाथ नगरपालिका वडा नं. १ बन्जारहामा झुलुङ्गे पुलदेखि बन्जारहा बाँधसम्म सडक पीसीसी ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ। नगर प्रमुख श्रीमती कौशल्या देवीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वाधार विकासलाई व्यवहारमै उतारिएको सन्देश दिइयो।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख कौशल्या देवीले विकासमा विभेद र ढिलासुस्ती अन्त्य गर्दै समान र दिगो विकास अघि बढाइने बताउनुभयो। सडक, शिक्षा, स्वास्थ्य र खानेपानीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो।

सडक ढलान सम्पन्न भएपछि स्थानीय आवागमन सहज हुने, व्यापार–व्यवसाय, कृषि उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा उप–प्रमुख मो. परवेज, प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैनसहित जनप्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया