दिल्लीमा PLSC Batch–01 का अधिकृतसँग दिल्ली पुलिस कमिशनर सतिश गोल्छाको अन्तरक्रिया

tejnewskhabar.com

दिल्ली, १९ गते । विदेश अध्ययन भ्रमणको क्रममा भारतको नयाँ दिल्ली पुगेको Masters of Police Sciences (MPS) कार्यक्रम समावेश Police Leadership and Staff Course (PLSC) Batch–01 का विद्यार्थी अधिकृत तथा प्रशिक्षक टोलीसँग दिल्ली पुलिस कमिशनर सतिश गोल्छाले अन्तरक्रिया गर्नुभएको छ।

अन्तरक्रियाका क्रममा कमिशनर गोल्छाले आधुनिक प्रहरी नेतृत्व, रणनीतिक व्यवस्थापन, अपराध नियन्त्रणका नवीन उपाय तथा समुदाय–मैत्री प्रहरी अभ्यासबारे अनुभव साझा गर्नुभयो। टोलीले दिल्ली प्रहरीको संगठनात्मक संरचना, प्रविधिको प्रयोग, प्रशिक्षण प्रणाली र बहु–एजेन्सी समन्वयका उत्कृष्ट अभ्यासबारे जानकारी हासिल गरेको छ।

उक्त भ्रमण अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान, वैश्विक स्तरका उत्कृष्ट अभ्यासहरूको अध्ययन तथा नेतृत्व क्षमताको विकासमा केन्द्रित रहेको आयोजकले जनाएको छ। यस किसिमका अन्तरक्रियाले सहभागी अधिकृतहरूको व्यावसायिक दक्षता अभिवृद्धि हुने विश्वास लिइएको छ।

प्रतिक्रिया