चुनाव लड्न नपाउने गरी सोविता गौतम निर्वाचन आयोगको ब्ल्याकलिस्टमा

tejnewskhabar.com

 काठमाडौँ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद सोविता गौतमलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य ठहर गर्दै ब्ल्याकलिस्टमा राखेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी गौतमले कानुनअनुसार आवश्यक पर्ने निर्वाचन खर्च विवरण नबुझाएको पुष्टि भएपछि आयोगले यस्तो निर्णय गरेको हो।

निर्वाचन आयोगका अनुसार विगतका सबै निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूको विवरण आयोगको प्रणालीमा सुरक्षित छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा सबै उम्मेदवारको नाम कम्प्युटर प्रणालीमार्फत मिलाएर जाँच गरिनेछ।

यदि अघिल्लो निर्वाचनको खर्च विवरण नबुझाएको, सार्वजनिक नगरेको वा कानुनी प्रावधान उल्लङ्घन गरेको पाइएमा त्यस्ता उम्मेदवारको उम्मेदवारी दर्ता नै नगर्ने वा स्वतः अस्वीकार हुने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन खर्च विवरण पारदर्शी बनाउन र निर्वाचन प्रक्रिया स्वच्छ राख्न यस्तो कडाइ गरिएको आयोगको भनाइ छ।



प्रतिक्रिया