एलिना चौहान–कला लम्साल विवाद फेरि चर्कियो, ‘सिक्री’ प्रकरणमा टिकटकमार्फत एलिनाको कडा प्रतिक्रिया

tejnewskhabar.com

काठमाडौं ०७ गते पुस— गायिका एलिना चौहान र कला लम्सालबीचको विवाद पुनः सतहमा आएको छ। हालै कला लम्सालले एक पोडकास्टमा ‘सिक्री’को प्रसंग उठाएपछि एलिना चौहानले टिकटकमार्फत भिडियो क्लिप सार्वजनिक गर्दै कडा प्रतिक्रिया जनाएकी छन्।

एलिनाले आफूले कलाको सिक्री चोरी नगरेको स्पष्ट पार्दै अमेरिकामा लुगासँग नमिलेपछि कलाकै आग्रहमा उक्त सिक्री लगाएको दाबी गरेकी छन्। आफूलाई चोरझैँ प्रस्तुत गरिएको भन्दै एलिनाले त्यसप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष सार्वजनिक गरेकी हुन्।

एलिनाको टिकटक भिडियो सार्वजनिक भएसँगै यो विषय फेरि चर्चामा आएको छ भने सामाजिक सञ्जालमा पक्ष–विपक्षमा प्रतिक्रिया आउन थालेका छन्।

प्रतिक्रिया