विमलेन्द्र निधिले अब गगन थापासँग टिकट लिएर चुनाव लड्नुपर्छ : मनोज कुमार साह

tejnewskhabar.com

जनकपुर धनुषा ३ गते । नेपाली कांग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साहले पूर्व उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै अबको निर्वाचनमा पार्टी सभापति गगन थापाबाट टिकट लिएर मात्र चुनाव लड्नुपर्ने बताएका छन्।

जनकपुरधाममा आयोजित एक कार्यक्रम तथा पत्रकारसँगको कुराकानीमा साहले नेपाली कांग्रेसमा विधि, विधान र संस्थागत निर्णयको पुनर्स्थापना भएको उल्लेख गर्दै व्यक्तिगत प्रभाव होइन, पार्टीको आधिकारिक निर्णय नै अन्तिम हुने स्पष्ट पारे।

उनले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्व वैधानिक र सर्वमान्य भइसकेको बताउँदै पार्टीभित्र अनुशासन, एकता र लोकतान्त्रिक अभ्यास मजबुत बन्दै गएको दाबी गरे।

“अब नेपाली कांग्रेस व्यक्ति केन्द्रित होइन, संस्थागत रूपमा अघि बढेको छ,” साहले भने, “त्यसैले जो कोही पनि नेता चुनाव लड्न चाहे पार्टी सभापति गगन थापासँग टिकट लिएर आउनुपर्छ।”

उनको भनाइले कांग्रेसभित्र नेतृत्वको वैधानिकता र अनुशासनबारे स्पष्ट सन्देश दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।



प्रतिक्रिया