केन्द्रीय सदस्य नागेन्द्र साह र कांग्रेस उम्मेदवार अनिल झालाई रौतहटमा भव्य स्वागत

tejnewskhabar.com

रौतहट ६ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएपछि आफ्नै निर्वाचन क्षेत्रमा आउनु भएका प्रदेश सांसद नागेन्द्र साहलाई पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्। सो अवसरमा पार्टीको संगठन मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

त्यसैगरी, नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार तथा पूर्व मन्त्री अनिल कुमार झालाई पनि जिल्ला सदरमुकाम गौरमा कांग्रेसका नेता तथा कार्यकर्ताले उत्साहपूर्ण स्वागत गरेका छन्। स्वागत कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने सन्देश दिइएको छ।

प्रतिक्रिया