निर्वाचनमा गलत सूचना फैलिने जोखिम, मिडियालाई सतर्क रहन उप्रेतीको आग्रह

tejnewskhabar.com

काठमाडौँ ३ गते । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका समयमा योजनाबद्ध रूपमा गलत सूचना प्रवाह हुने जोखिम उच्च रहने भन्दै सञ्चार माध्यमले विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ र डिजिटल राइट्स नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’ विषयक अन्तक्र्रियामा बोल्दै उनले बिनापुष्टि सूचना मिडियामार्फत सम्प्रेषण हुँदा निर्वाचन प्रक्रिया, मतदाता विश्वास र समग्र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पर्न सक्ने चेतावनी दिए।

उनका अनुसार निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र प्रमाणमा आधारित जिम्मेवार रिपोर्टिङ अपरिहार्य छ। कार्यक्रममा पत्रकारिता आचारसंहिता, डिजिटल सुरक्षा, सूचना अखण्डताको महत्व तथा निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चार माध्यमको भूमिकाबारे छलफल गरिएको थियो।

प्रतिक्रिया