जनकपुरमा नेपाली कांग्रेस सभापति गगन कुमार थापाको भव्य स्वागत र आमसभा तयारी

tejnewskhabar.com

जनकपुर, १० गते — नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको आज बसेको बैठकले नवनियुक्त सभापति आदरणीय गगन कुमार थापालाई जनकपुरधाममा भव्य स्वागत गर्ने तथा उहाँको कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले मिति २०८२/१०/१६ गते सभापति थापाको जनकपुरधाम आगमनको अवसरमा तिरहुतिया गाछीमा भव्य आमसभा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ।

आमसभालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ। कार्यक्रम व्यवस्थापन समितिको जिम्मेवारी प्रमुख जिल्ला सभापति योगेन्द्र पजियारलाई प्रदान गरिएको छ। साथै, अतिथि सत्कार, पार्किङ व्यवस्थापन, नयाँ उम्मेदवार परिचालन तथा प्रचार–प्रसार तथा मिडिया डेस्कसम्बन्धी उपसमितिहरू गठन गरिनेछ।

बैठकले मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रबाट २४० वडामा परिपत्र गर्न र नेता–कार्यकर्ता तथा आम जनताको सहभागिता सुनिश्चित गर्ने निर्णय पनि गरेको छ। उक्त जानकारी नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार प्रमुख नितेश कुमार गुप्ताले दिनुभएको हो।



प्रतिक्रिया