राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको अध्यक्षमा राजेश साह निर्वाचित

tejnewskhabar.com

रौतहट १९ गते  । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको तेस्रो अधिवेशनबाट आदरणीय गुरु श्री राजेश साह मधेश प्रदेश अध्यक्षमा विजयी हुनुभएको छ।

अधिवेशनले साहलाई  अध्यक्ष पदमा चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष साहले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, समान अवसर र समावेशी विकासका लागि सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले मधेश प्रदेशभर अपाङ्गता भएका व्यक्तिहरूका समस्या समाधान, क्षमता विकास तथा सरकारी नीतिमा प्रभावकारी पहुँच स्थापित गर्न महासंघलाई थप सक्रिय बनाइने बताउनुभयो। अधिवेशनमा विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



प्रतिक्रिया