हरिवनमा नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

tejnewskhabar.com

सर्लाही २९ गते । लाका प्रहरी कार्यालय हरिवन, सर्लाहीको आयोजनामा मिति २०८२ साल ०९ महिना २९ गते हरिवन नगरपालिका वडा नं. ११, हरिवन बजार स्थितमा नागरिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता रहेको थियो। साथै हरिवन नगरपालिकाकी नगर उप–प्रमुख हरिमाया घलान विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

नागरिक सुनुवाइ कार्यक्रममा सुरक्षा निकायका पदाधिकारीहरू, विभिन्न सरकारी कार्यालय तथा संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरू, भद्रभलाद्मी, समाजसेवी तथा स्थानीय सर्वसाधारण गरी करिब २०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नागरिकहरूले सुरक्षा, शान्ति–व्यवस्था, लागूऔषध नियन्त्रण, चोरी–डकैती, घरेलु हिंसा, ट्राफिक व्यवस्थापन लगायतका विषयमा जिज्ञासा तथा गुनासो राखेका थिए। सो अवसरमा सुरक्षा निकायका प्रमुखहरूले उठाइएका प्रश्न तथा सुझावहरूलाई गम्भीरतापूर्वक सुन्दै आवश्यक सुधार र सहकार्यका प्रतिबद्धता व्यक्त गरेका थिए।

नागरिक र प्रहरीबीचको विश्वास अभिवृद्धि, पारदर्शिता र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजित नागरिक सुनुवाइ कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ।


प्रतिक्रिया