प्रधानमन्त्री सुशीला कार्कीको पहलमा डा. निकोलस भुसाल र हरिश विष्टको अनसन तोडियो

tejnewskhabar.com

काठमाडौँ१८ गते । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा डा. निकोलस भुसाल र हरिश विष्टलाई जुस खुवाएर अनसन तोडाउनुभएको छ। ६ बुँदे सम्झौतामा सहमति भएपछि डा. भुसाल र विष्टले ११ औँ दिनमा आज आफ्नो अनसन तोड्नुभएको हो।

स्वास्थ्य तथा पेशागत मागसहित सुरु गरिएको अनसन समाधानतर्फ उन्मुख भएपछि प्रधानमन्त्री कार्कीको प्रत्यक्ष पहलमा वार्ता सफल भएको बताइएको छ। सम्झौताले उठाइएका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै अनसन समाप्त भएको हो।

अनसन तोडिएपछि सरकार र आन्दोलनरत पक्षबीच सहकार्य र संवादको वातावरण बनेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया