सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलको शीर्ष नेताहरूसँग भेट: चुनावी वातावरण बनाउनेमा सहमति, नेताहरूको जोड ‘चुनाव नै प्राथमिकता’

tejnewskhabar.com

काठमाडौँ ११ गते पुस सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गर्दै मुलुकमा चुनावी वातावरण निर्माणबारे छलफल गर्नुभएको छ। भेटमा नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरूले आ–आफ्ना धारणा स्पष्ट गर्दै चुनाव नै प्राथमिकतामा रहेको बताएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको मुख्य प्राथमिकता संसद पुनर्स्थापना होइन, समयमै चुनाव सम्पन्न गर्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले स्थिरता र जनादेशका लागि चुनाव अपरिहार्य भएको धारणा राख्नुभयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावको पक्षमा रहेको जनाउँदै त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक सहमति र तयारीबिना चुनाव सम्भव नहुने उल्लेख गर्नुभयो।

यस्तै, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा फागुन २१ गते तोकिएको चुनावका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत निकास दिन चुनाव नै उपयुक्त विकल्प भएको धारणा राख्नुभयो।

भेटलाई चुनावी वातावरण बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया