जनकपुरधाम १६ गते । मधेस प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला नगरपालिका–०१, जनकपुरधामस्थित ‘रेगल ब्यान्क्वेट हल’ भवनको भव्य रूपमा उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहका क्रममा मुख्यमन्त्री यादवले निजी क्षेत्रको लगानीबाट निर्माण भएका यस्ता आधुनिक पूर्वाधारले स्थानीय अर्थतन्त्र, पर्यटन तथा सामाजिक–सांस्कृतिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। ब्यान्क्वेट हल सञ्चालनमा आएसँगै विवाह, सम्मेलन, सांस्कृतिक कार्यक्रमलगायत विविध कार्यक्रमका लागि सुविधा थपिने अपेक्षा गरिएको छ।
१६ पुस २०८२, बुधबार ०२:३० मा प्रकाशित