जेनजी आन्दोलनका क्रममा ध्वस्त एमाले केन्द्रीय कार्यालय पुनर्निर्माणको अन्तिम चरणमा, सरकारी टोलीद्वारा निरीक्षण

tejnewskhabar.com

काठमाडौँ ०८ गते — जेनजी आन्दोलनको नाममा भदौ २४ गते ध्वस्त पारिएको नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पुनर्निर्माण कार्य लगभग सम्पन्न भएसँगै आज सरकारी टोलीले स्थलगत निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर तथा सुरक्षासम्बन्धी पक्षको मूल्यांकन गरिएको थियो। सम्बन्धित निकायका अधिकारीहरूले निर्धारित मापदण्डअनुसार काम भइरहेको जानकारी दिँदै छिट्टै कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।

जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि कार्यालयमा ठूलो क्षति पुगेको थियो। त्यसपछि सरकारले पुनर्निर्माण प्रक्रिया अघि बढाएको हो। पुनर्निर्माण सम्पन्न भएपछि एमालेको केन्द्रीय कार्यालय नियमित गतिविधिका लागि पुनः प्रयोगमा आउने बताइएको छ।

प्रतिक्रिया