राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच एकता सम्पन्न, राजसंस्था र हिन्दु राष्ट्रका पक्षधरलाई एकताका लागि आव्हान

tejnewskhabar.com

काठमाडौँ १६ गते पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकता सम्पन्न भएको छ। लामो समयदेखि विभाजित रहेका राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित दुबै नेताबीच सहमति भई औपचारिक रूपमा एकता घोषणा गरिएको हो।

एकता घोषणासँगै अध्यक्षद्वयले राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्रको पक्षधरता, प्रदेश संरचनाको खारेजी तथा भ्रष्टाचारको अन्त्य चाहने सबै शक्ति, अभियान, समूह र व्यक्तिहरूलाई समेत एकतामा सहभागी हुन आव्हान गरेका छन्। देशको वर्तमान राजनीतिक अवस्था, सुशासनको अभाव र राष्ट्रिय पहिचानमाथि देखिएको चुनौतीलाई ध्यानमा राख्दै अब राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने उनीहरूको धारणा रहेको छ।

नेताहरूले एकताले पार्टीलाई मात्र नभई मुलुकलाई सही दिशामा लैजान सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अब सशक्त रूपमा जनताको पक्षमा आवाज उठाइने बताएका छन्। साथै, आगामी दिनमा संयुक्त कार्यक्रम, अभियान र संगठनात्मक विस्तारमार्फत राष्ट्र, धर्म र संस्कृतिको संरक्षणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाइएको छ।

प्रतिक्रिया