प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते जनकपुरधाममा नेपाली कांग्रेसको ऐतिहासिक आमसभा

tejnewskhabar.com

काठमाडौं – नेपाली कांग्रेसले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते जनकपुरधाममा भव्य आमसभा आयोजना गर्ने भएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार ‘त्याग र समर्पणको पवित्र भूमि—शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा’ आयोजना गर्न लागिएको हो। आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रवक्ता चालिसेले सामाजिक सञ्जाल फेसबुकमार्फत आमसभा प्रजातन्त्र दिवसको विशेष अवसरमा आयोजना गर्न लागिएको उल्लेख गर्दै कार्यक्रमलाई ऐतिहासिक र प्रभावकारी बनाइने बताएका छन् ।

प्रतिक्रिया