काठमाडौं २६ — आगामी माघ १ गतेदेखि नगद कारोबारको अधिकतम सीमा पाँच लाख रुपैयाँ कायम हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमार्फत उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार तोकिएको सीमा भन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्नेछ।
२६ पुस २०८२, शनिवार ०६:४७ मा प्रकाशित