काठमाडौँ १५ गते । नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) रामबहादुर यादवले सिरहा जिल्लाका संघर्षरत विद्यार्थी सत्यनारायण साफीलाई रु ३ लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
शिक्षा र निरन्तर संघर्षको प्रेरणादायी यात्रामा साथ दिन सहयोग स्वरूप उक्त रकम प्रदान गरिएको हो। यस सहयोगले साफीको अध्ययन निरन्तरता तथा जीवनयापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस मानवीय सहयोगको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।
१५ पुस २०८२, मङ्गलबार ०४:५७ मा प्रकाशित