सभामुख निर्वाचन आज, दुई उम्मेदवार मैदानमा
जनकपुरधाम, पुस ६ — मधेश प्रदेश सभामा आज सभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार आइतबार दिउँसो १:०० बजे प्रदेश सभा भवन, जनकपुरधाममा बस्ने बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पेश हुनेछन्।
सभामुख पदका लागि दुई जना माननीय सदस्य उम्मेदवारका रूपमा प्रस्तावित भएका छन्।
राम आशिष यादवको उम्मेदवारी
माननीय राम आशिष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव
- प्रस्तावक: माननीय विरन्द्र प्रसाद सिंह
- समर्थक: माननीय फकिरा महतो
🔹 त्रिलोकी प्रसादको उम्मेदवारी
माननीय त्रिलोकी प्रसादलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव
- प्रस्तावक: माननीय शारदा देवी थापा
- समर्थक: माननीय जय चन्द्र प्रसाद पटेल
प्रदेश सभा सचिवालयका अनुसार दुवै प्रस्तावमाथि बैठकमा छलफल भएपछि निर्णयार्थ प्रस्तुत गरिनेछ। लामो समयदेखि रिक्त रहेको सभामुख पद टुंगो लाग्ने अपेक्षासहित आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।
दैनिक कार्यसूचीमा सभा सचिव वासु प्रसाद कोइरालाको हस्ताक्षर रहेको छ ।