लामिछानेविरुद्धको मुद्दा फिर्ता भएपछि ओलीको आक्रोशः ‘एकपछि अर्को काण्ड रचिँदैछ’

tejnewskhabar.com

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिइएको विषयप्रति कडा आपत्ति जनाएका छन्।

अध्यक्ष ओलीले महान्यायाधिवक्ताको कार्यालयले एकपछि अर्को काण्ड रचिरहेको आरोप लगाउँदै रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय त्यसैको निरन्तरता भएको टिप्पणी गरे।

उनले वर्तमान शासनप्रणालीप्रति प्रश्न उठाउँदै भने, “अहिले नेपालमा कसैलाई पनि कानुन लाग्दैन। जसले सम्पत्ति खाए पनि कारबाही हुँदैन। भुलचुकले मुद्दा परे पनि पछि माफी मिनाहा हुन्छ, अभियोग फेरिन्छ, अभियोगबाट मुक्त गरिन्छ र चुनावमा हिरो बनाएर अगाडि सारिन्छ।”

अध्यक्ष ओलीले सरकारको कार्यशैलीले कानुनी शासन, सुशासन र न्याय प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै नेपाली सरकार, अर्थतन्त्र, संस्कृति र सभ्यताका कुरा गर्नेहरूलाई दबाब दिने, रोक्ने तथा हिंसात्मक व्यवहार हुने अवस्था सिर्जना गरिएको आरोपसमेत लगाए।

उनका अनुसार यस्ता गतिविधिले लोकतन्त्र र कानुनी राज्यको मर्ममाथि प्रहार भइरहेको छ।



प्रतिक्रिया