उम्मेदवारलाई जिताउन मैदानमा उत्रिए मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव मधेस प्रदेशमा कांग्रेसको बर्चस्व कायम रहने दाबी

tejnewskhabar.com

रौतहट । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आफ्ना उम्मेदवारहरूलाई विजय गराउने उद्देश्यले क्षेत्रगत दौडधुप सुरु गर्नुभएको छ। उहाँले मधेस प्रदेशमा कांग्रेसलाई अझ सशक्त र एकताबद्ध बनाउँदै बर्चस्व कायम राख्न सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आह्वान गर्नुभयो।

सभापति यादवले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्व र उहाँले प्रतिनिधित्व गर्ने युवा पुस्तालाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। गगनकुमार थापाको नेतृत्वमा बन्ने सरकार समृद्धि र विकासको सरकार हुनेमा कुनै शंका नरहेको उहाँले प्रष्ट पार्नुभयो।

उहाँले नेपाली कांग्रेस क्षेत्र नं. ३, रौतहटका उम्मेदवार मित्र रामकृपाल यादवलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै कांग्रेसको पक्षमा माहोल बनेको दाबी गर्नुभयो।

कार्यक्रम आज क्षेत्र नं. ३, रौतहटमा सम्पन्न भएको हो।

प्रतिक्रिया