२८औँ भूकम्प सुरक्षा दिवसको मूल समारोह समिति बैठक सम्पन्न

tejnewskhabar.com

काठमाडौँ, १९ गते । २८औँ भूकम्प सुरक्षा दिवसको तयारीका सन्दर्भमा मूल समारोह समिति बैठक माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा भूकम्पीय जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा सुरक्षित पूर्वतयारीका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो। साथै, विभिन्न निकायबीच समन्वय गरी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरिएको छ।

यस वर्षको २८औँ भूकम्प सुरक्षा दिवसको मूल समारोह माघ २ गते काठमाडौँ महानगरपालिकाको आयोजनामा काठमाडौँमा सम्पन्न गरिने जनाइएको छ। कार्यक्रममा भूकम्प सुरक्षासम्बन्धी सन्देश प्रवाह, अभ्यास तथा सचेतनामूलक गतिविधिहरू समेटिने तयारी रहेको छ।

प्रतिक्रिया