समुदाय–प्रहरी साझेदारी अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न

tejnewskhabar.com

सर्लाही, २२ पुस । सर्लाहीमा "समुदाय–प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामुलक गतिविधिहरु सम्पन्न भएका छन्। ई.प्र.का. मानपुर, हिरापुर र प्रहरी चौकी त्रिभुवननगरले संयुक्त रूपमा आयोजित यस कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि, भद्र-भलादमी, बुद्धिजीवी, समाजसेवी तथा अन्य स्थानीय नागरिकको सक्रिय सहभागिता रह्यो।

कार्यक्रमको मुख्य उद्देश्य दाइजो प्रथा र बाल विवाह जस्ता कुरीतिहरूको न्युनिकरण तथा घटनास्थल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। सहभागीहरूले सामाजिक र कानूनी दृष्टिकोणबाट दाइजो प्रथा र बाल विवाहका दुष्परिणामबारे छलफल गरे भने स्थानीय समुदायमा यसको प्रभावकारी रोकथामका उपायहरूबारे सन्देश प्रवाह गरिएको थियो।

प्रहरीका अनुसार यस प्रकारका कार्यक्रमहरू समुदाय–प्रहरी बीचको विश्वास र साझेदारीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



प्रतिक्रिया