नेपाली कांग्रेस मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवारी दर्ता सम्पन्न

tejnewskhabar.com

नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधि सभा सदस्यका लागि मधेस प्रदेशअन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेको छ। पार्टीले सार्वजनिक गरेको विवरणअनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूले फागुन निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

सप्तरी जिल्लामा रामदेव साह, रामकुमार यादव, दिनेशकुमार यादव र तेजुलाल चौधरी उम्मेदवार रहेका छन् भने सिराहामा रामसुन्दर चौधरी, रामचन्द्र यादव, सुभाषचन्द्र यादव र चन्द्रकला कुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

धनुषा जिल्लाबाट रामपल्टन यादव, दिनेश पर्सेला, विमलेन्द्र निधि र महेन्द्र यादवलाई उम्मेदवार बनाइएको छ। महोत्तरीमा मुकेशराज काफ्ले, किरण यादव, बजरंग नेपाली र महेन्द्रकुमार राय प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

सर्लाही जिल्लामा शम्भुलाल श्रेष्ठ, डा. सरोज यादव, विनोद खनाल र गगनकुमार थापा उम्मेदवार रहेका छन्। रौतहटबाट अनिलकुमार झा, फिर्दोश आलम, रामकृपाल यादव र देवप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, बारा जिल्लामा शम्भु बुढाथोकी, भैयाराम चौधरी, फरमुल्लाह मन्सुर र श्यामबाबु गुप्ता उम्मेदवार चयन भएका छन् भने पर्सा जिल्लाबाट अनिलकुमार रूंगटा, अजय चौरसिया, सुरेन्द्रप्रसाद चौधरी र श्यामबाबु गुप्ता उम्मेदवार बनेका छन्।

नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभागका प्रमुख नितेश कुमार गुप्ताले सबै उम्मेदवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकताबद्ध भई चुनावी अभियानलाई सशक्त र सफल बनाउन आह्वान गर्नुभएको छ। पार्टीले मधेस प्रदेशमा सुदृढ संगठन, विकास र जनताको पक्षमा स्पष्ट एजेन्डाका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ।

प्रतिक्रिया