नेपाली काङ्ग्रेस बारा क्षेत्र १ र २ बाट उम्मेदवार घोषणा

tejnewskhabar.com

बारा ५ गते । नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। पार्टीले बारा निर्वाचन क्षेत्र नं. १ बाट श्री शंभू बहादुर बुढ़ाथोकी र क्षेत्र नं. २ बाट आदरणीय श्री भैयाराम यादवज्यूलाई प्रतिनिधिसभा सदस्य पदका लागि आधिकारिक टिकट प्रदान गरेको हो।

पार्टीप्रति लामो समयदेखि निष्ठावान रहँदै संगठन निर्माण तथा जनसेवामा सक्रिय नेताहरूलाई उम्मेदवार बनाइएको नेपाली काङ्ग्रेसले जनाएको छ। उम्मेदवार चयनसँगै बारा जिल्लामा काङ्ग्रेसको चुनावी गतिविधि थप सशक्त बन्ने अपेक्षा गरिएको छ।नेपाली कांग्रेस बारा जिल्लाका प्रतिनिधिसभा उम्मेदवारहरू

बारा निर्वाचन क्षेत्र नं. १ – शम्भु बुढाथोकी

बारा निर्वाचन क्षेत्र नं. २ – भैयाराम यादव

बारा निर्वाचन क्षेत्र नं. ३ – फर्मुल्लाह मन्सुर

बारा निर्वाचन क्षेत्र नं. ४ – श्याम बाबु गुप्ता

नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले दुवै उम्मेदवारलाई विजयी गराउन एकढिक्का भएर चुनावी अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीले लोकतन्त्र, समावेशिता र विकासलाई प्राथमिकतामा राख्दै जनताको विश्वास जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको जनाएको छ।

प्रतिक्रिया