काठमाडौँ २ गते । आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच आज निर्वाचन आयोगमा छलफल भएको छ।
छलफलमा निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, मतदाता तथा निर्वाचन कर्मचारीको सुरक्षाका साथै सम्भावित जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत कुराकानी गरिएको आयोगले जनाएको छ। दुवै पक्षले निर्वाचनको विश्वसनीयता र नागरिकको मताधिकार सुनिश्चित गर्न आपसी समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार सुरक्षा निकायसँगको समन्वयमार्फत निर्वाचन प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउने तयारी तीव्र पारिएको छ।
३ माघ २०८२, शुक्रबार ०६:५४ मा प्रकाशित