नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर–४ का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवले आज निर्वाचन कार्यालयमा पुगेर बिधीवत् रूपमा आफ्नो मनोनयन दर्ता गराउनु भएको छ।
मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेता यादवले लोकतन्त्र, संविधानको रक्षा र क्षेत्रको समग्र विकासका लागि आफू उम्मेदवारी मैदानमा उत्रिएको बताउनुभयो।
कार्यकर्ताहरूले रुख चिन्हमा मतदान गर्दै कांग्रेसलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
६ माघ २०८२, मङ्गलबार ०४:३५ मा प्रकाशित