मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पोखरीया प्रादेशिक अस्पताल समुद्घाटन

tejnewskhabar.com

पोखरीया (पर्सा), पुष २६ — मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मिति २०८२ साल पुष २६ गते पर्सा जिल्लाको पोखरीयास्थित प्रादेशिक अस्पतालको समुद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री यादवले कर–कोमल हस्तबाट अस्पतालको औपचारिक समुद्घाटन गर्दै स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्नुभयो।

समुद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। अस्पताल सञ्चालनमा आएपछि पर्सा र आसपासका जिल्लाका नागरिकहरूलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया