जनकपुरधाम, फागुन ४ – नेपाली कांग्रेस मधेश प्रदेश निर्वाचन प्रचार–प्रसार समितिले फागुन ६ गते जनकपुरधाममा आयोजना हुन गइरहेको ‘विशाल मधेश जनसभा’बारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ।
समितिका अनुसार पार्टीका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सभाको उद्देश्य, तयारी अवस्था, व्यवस्थापन पक्ष तथा समसामयिक राजनीतिक विषयवस्तुबारे विस्तृत जानकारी दिन सम्मेलन आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलन फागुन ५ गते दिउँसो २:०० बजे नेपाली कांग्रेस मधेश प्रदेश पार्टी कार्यालय, थापाचोक, जनकपुरधाममा हुने जनाइएको छ। धनुषास्थित सञ्चारकर्मीहरूलाई उपस्थित भई सूचना प्रवाहमा सहयोग गर्न समितिले अनुरोध गरेको छ।
निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नितेश कुमार गुप्ताका अनुसार मधेस सभा भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न व्यापक तयारी भइरहेको छ।
३ फाल्गुण २०८२, सोमबार ०१:३४ मा प्रकाशित