काठमाडौं — भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सन्नी लियोनी आज काठमाडौं आउँदैछिन्। ठमेलस्थित एक क्यासिनोको उद्घाटन उत्सवमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
क्यासिनो उद्घाटन कार्यक्रमका क्रममा सन्नी लियोनीले औपचारिक समारोह तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। उनको आगमनलाई लिएर ठमेल क्षेत्रमा विशेष तयारी गरिएको छ।
२६ पुस २०८२, शनिवार ०१:२४ मा प्रकाशित