काठमाडौँ १ गते | माघे संक्रान्ति नेपाल सरकारका सञ्चारमन्त्री जगदीश खरेल र कार्यक्रमकी प्रमुख अतिथि सुशिला कार्कीको विशेष उपस्थितिमा माघे संक्रान्तिको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको सफलतापूर्वक उद्घाटन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले पर्व केवल मिति मात्र नभई साझा स्मृति, संस्कृति र पहिचानको निरन्तरता भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक अवसरहरूले समाजलाई एकताबद्ध बनाउने बताउनुभयो। “पर्व केवल मिति होइन, साझा स्मृति र संस्कृतिको निरन्तरता हो,” उहाँले भन्नुभयो।
माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले हाम्रो परम्पराले बोकेको स्वास्थ्य, सद्भाव र सामूहिक जीवनशैलीको महत्व पुनः स्मरण भएको अनुभूति व्यक्त गरेका छन्। सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।